सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । बजारमा सुधार देखिएपनि कारोबार रकममा गिराव आएको छ ।

बजार मापन गर्ने सूचक १३.५८ अंकले बढेर १५७०.३८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६२ अंकले बढेर ३१०.८९ बिन्दुमा रोकिएको छ ।
१८९ कम्पनीको ३२ लाख ६७ हजार ८६९ कित्ता सेयर ९५ करोड ४६ लाख ५६ हजार १०७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत कम्पनी, वित्त कम्पनी, निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु