५ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार नगर्ने, १७ वटाको सदस्यता नवीकरण
काठमाडौं । मार्जिन कारोबार गर्ने भनेका धितोपत्र दलाल व्यवसायीमध्ये ५ वटाले हात झिकेका छन् ।
नेप्सेका अनुसार विभिन्न ५ वटा ब्रोकर कम्पनीले मार्जिन कारेबार सेवा नवीकरणका लागि निवेदन दिएका छैननन् । जसका कारण कृष्ण सेक्युरिटिज प्रा.लि., सुन्धारा सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, नासा सेक्युरिटिज, र सिप्रवी सेक्युरिटिजले मार्जिन कारोबारको लागि सेवा नविकरण नगरेको नेप्सेले जनाएको छ ।
५ वटा दलाल कम्पनीले मार्जिन कारोबार नगर्ने भएपनि १७ वटा दलाल कम्पनीले मार्जिन कारोबार गर्नको लागि नेप्सेमा नविकरण गरेका छन् ।
जसमा क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धित्तोपत्र कारोबार कम्पनी, इम्पेरियल सेक्युरिटिज, दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डाइनामिक मनि मेनेर्जस सेक्युरिटिज, दक्षिणकालि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, स्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र श्री हरी सेक्युरिटिज प्रा.लि. रहेका छन् ।