हिमालय डिस्टिलरीसहित २५ कम्पनीको सेयर कारोबार रोक्का, लगानीकर्ताको सम्पति बन्धक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विभिन्न २५ कम्पनीको सयर कारोबार रोक्का गरेको छ ।

नेप्सेमा सूचीकृत भएका कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नवीकरण शुल्क नबुझाएपछि २५ वटा कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरेको हो ।

नविकरण शुल्क लामो समयदेखि नतिरेका कारण कारोबार बन्द भएका कम्पनीमा क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स, क्रिस्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टिपर्पोज फाइनान्स, नेपाल सेयर मार्केटस्, सम्झना फाइनान्स रहेका छन् ।

यस्तै हिमाल दोलखा हाईड्रोपावर, जोशी हाईड्रोपावर, नेपाल हाईड्रोपावर, अरुण बनस्पति उद्योग, बिराट सुज, बुटवल स्पाङनिङ मिल्स, फ्युलर हिमालयन, गोरखकाली रबर उद्योग, हरिसिद्धि ईट्टा टायल कारखाना रहेको छ ।

नेप्सेका अनुसार बार्षिक नविकरण शुल्क नबुझाएर कारोबार रोक्का हुने कम्पनीमा हिमालय डिस्टिलरी, ज्योती स्पाइनिङ मिल्स, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, रघुपङि मिल्स, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, रघुपति जुट मिल्स, श्री भृकुटी पल्प एण्ड पेपर, श्री राम सुगर मिल्स, नेपाल वेयलफेयर कमपनी, नेपाल टे«डिङ, याकल एण्ड यती होटेल र नेपाल फिल्म डेभलपमेन्ट रहेका छन् ।

यी कम्पनीका अधिकांश बन्द भएका भइसकेका छन् । जति कम्पनी रहेका छन,ती कम्पनीका लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्नबाट बन्चित भएका छन् ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ मा ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकरण भएको कम्पनीले वार्षिक ५० हजार रुपैयाँ र त्यो भन्दा बढी चुक्ता पुँजी हुने कम्पनीले एक लाख रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ । उत्त्रm शुल्क तिरेपछि कम्पनीको सेयर कारोबार खुल्ने छ ।


क्लिकमान्डु