लगानीकर्ता दशैं खर्चको जोहो गर्न लाग्दा सेयर बजारमा गिरावट
काठमाडौं । सेयर लगानीकर्ता लाभांश बुक गर्न लाग्दा बजारमा सामान्य गिरावट देखिएको छ ।
लगानीकर्ता यति बेला नजिकिँदो दशैं तिहारसँगै लगानीकर्ता दशैं खर्चको जोहो गर्न तर्फ लागेका छन् । जसले गर्दा बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.६६ अंकले घटेर १५५६.८० बिन्दुमा रोकिएको छ ।
१८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता सेयर १ अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ ६.०२, विकास बैंक २९.१९, उत्पादन तथा प्रशोधन १४.४२, माइक्रोफाइनान्स ११.२३, जीवन बीमा समूहको उपसूचकमा १८.९८ अंकको गिरावट आएको छ ।
कारोबार रकमको आधारमा हिमालयन बैंकको संस्थापक सेयर रहेको छ । बैंकको ८ लाख १५ हजार १७२ कित्ता सेयर २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँमा किनेबेच भएको छ ।
बैंकको उक्त सेयर स्याकर कम्पनी ९ज्योती समूह०ले उक्त सेयर बिक्री गरेको छ । त्यो सेयर सबै कर्मचारी सञ्चयकोषले किनेको छ ।