हाथेवेको सीइओबाट नुमनाथ पौडेल बाहिरिए, फर्स्ट माइक्रो फाइनान्समा सीइओ नियुक्त
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् ।
संस्थाको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सिइओमा नियुक्त गरेको हो ।
संस्थाका अनुसार कात्तिक १६ गतेदेखि लागुहुने गरी आगामी ४ वर्षको लागि सिइओमा नियुक्त गरेको हो । सिए समेत रहेका पौडेल यसअघि हाथवे इन्भेष्टमेन्ट कम्पनीको सिइओ रहेका थिए ।
चाटर्ड एकाउन्टेन्स समेत रहेका पौडेलले फर्स्ट माइक्रोफाइनान्समा सीइओको रुपमा काम गरिसकेका छन् ।
हाथेवेमा कार्यकारी अधिकृत सहित प्रवन्ध निर्देशक रहेका अम्बिका पौडेल बाहिरिएपनि सीइओमा नुमनाथ पौडेल नियुक्त भएका थिए । संचालकको रुपमा भने रुपमा भने अहिलेपनि अम्बिका पौडेल रहेका छन् ।
फस्र्ट माइक्रोमा सीइओको रुपमा फर्केका पौडेलले लघुवित्तलाई नयाँ ढंगले अगाडि बढाउने क्लिकमाण्डूलाई प्रतिक्रिया दिए ।
हाथवे सेयर बजारमा निकै ठूलो रकम लगानी गर्ने निजी क्षेत्रको कम्पनी हो ।