१४ अंकले घट्यो सेयर बजार, बजारपुँजिकरणमा दुरसञ्चारक कम्पनीकै बर्चश्व



काठमाडौं । यो साताको सेयर कारोबारमा बजारपुँजिकरण तर्फ शिर्ष १० को १ नम्बरमा नेपाल दुरसञ्चार कम्पनी देखिएको छ । लामो समयदेखि बजारपुँजिकरणमा कम्पनीको अग्रता कायम नै रहेको छ ।

बजारपुँजिकरणमा ६ वटा बैंक रहेका छन् । जसमा नबिल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स र नागरिक लगानी कोष रहेको छ । बजारपुँजिकरणको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ ।

बढी बजारपुँजिकरण हुने १० वटा कम्पनीको १० औं नम्बरमा स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । नेपाल दुरसञ्चार कम्पनीको बजारपुँजिकरण १ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ रहेको छ । साताको अन्तिम कारोबार दिनमा दुरसञ्चार कम्पनीको सेयर मूल्य प्रति कित्ता ७०७ रुपैयाँ रहेको छ ।
यस्तै दोस्रो स्थानमा नबिल बैंक रहको छ । बैंकको बजारपुँजीकरण ८६ अर्ब ७३ करोड ४ लाख रुपैयाँ रहेको छ । यो कम्पनीको अन्तिम सेयर मूल्य ८६० रुपैयाँ प्रतिकित्ता रहेको छ ।

बजारपुँजिकरणमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको बजारपुँजिकरण ८५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५४ रुपैयाँ रहेको छ ।
पुनर्बीमा पछि नेपाल लाईफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको बजारपुँजीकरण ७५ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७४ रुपैयाँ रहेको छ ।

बजारपुँजिकरणको पाँचौ नम्बरमा एभरेष्ट बैंक रहेको छ । बैंकको बजारपुँजिकरण ६० अर्ब २२ करोड ३१ लाख ७ हजार रुपैयाँ रहेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ७११ रुपैयाँ रहेको छ । यसपछि नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकको बजारपुँजिकरण ५८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ रहेको छ । यस्तै बजारपुँजिकरणको सातौ नम्बरमा एनएमबी बैंक रहेको छ । बैंकको बजारपुँजीकरण ५८ अर्ब ९४ करोड ६८ लाख ३ हजार रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८ रुपैयाँ रहेको छ ।

एनएमबी पछि नागरिक लगानीकोष रहेको छ । कोषको बजारपुँजिकरण ५६ अर्ब ८५ करोड १६ लाख ८ हजार रुपैयाँ रहेको छ । कोषको सेयर मूल्य प्रतिकित्ता ३ हजार ४६५ रुपैयाँ रहेको छ ।
नवौं नम्बरमा रहेको एनआईसी एसिया बैंकको बजारपुँजिकरण ५६ अर्ब १६ करोड ८० लाख २ हजार रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ५७८ रुपैयाँ रहेको छ ।

यो साता बजारपुँजिकरणको दशौं स्थानमा स्टडान्र्डड चार्टर्ड बैंक रहेको छ । बैंकको बजारपुँजिकरण ५२ अर्ब ७१ करोड ५२ लाख १ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५८ रुपैयाँ रहेको छ ।

यो साता नेप्से इन्डेक्स १३.८० अंकले घटेको छ । यो साताको पहिलो दिन आइतबार १५७६.२७ अंकमा रहेको इन्डेक्स बिहीबारसम्म आईपुग्दा १३.८० अंकले घटेर १५६२.४६ बिन्दुमा रहेको छ ।

आइतबारबाट बढेर सोमबार १५७८.०१ बिन्दुमा रहेको इन्डेक्स मंगलबार केही घटेर १५६८.५९ बिन्दुमा रहेकोमा बुधबार पनु घटेर १५६१.१७ बिन्दुमा रहेकोमा साताको अन्तिम कारोबार दिन बिहीबार केही बढेर १५६२.४६ बिन्दुमा रोकिएको छ ।


क्लिकमान्डु