पुँजी बजारमा थपियाे २ करोड ६ लाख कित्ता सेयर



काठमाडौं । नेपालको पुजी बजारमा २ करोड ६ लाख ४१ हजार ३८४.४३ कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार पुँजी बजारमा विभिन्न ४ वटा कम्पनीको उक्त सयर सूचिकृत भएको हो । नेप्सेका अनुसार २ वटा लघुवित्त, एउटा निर्जीबन बीमा कम्पनी र एउटा वाणिज्य बैंकको सेयर सूचिकृत भएको हो । जसमा ३ वटाको बोनस सेयर रहेको छ भने एउटा साधारण सेयर आईपीओ रहेको छ ।

नेप्सेका अनुसार एनएमबी लघुवित्त वित्तीय संस्थाको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस, हिमालयन बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता, जनरल इन्स्योरेन्सको १ करोड कित्ता आईपीओ र स्वाबलम्बन लघुवित्तबको १६ लाख ३५ हजार १०९.८४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।


क्लिकमान्डु