सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा ५ लाख ९० हजार आवेदकको हात खाली



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा आवेदन दिने लगानीकर्ता मध्ये २ लाख ७३ हजार जनाले १० कित्ता सेयर पाएका छन भने ५ लाख ९० हजार ५४५ जना आवेदनक सेयर पाउनबाट बन्चित भएका छन् ।

आईपीओमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलले जनाएकाे छ ।

इन्स्योरेन्सले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर बिक्री खुला गरेको थियो ।

३० लाखमा १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएर २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । आईपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु