सानिमा बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि सो लाभांश सेयरधनीले पाउने छन् ।

अहिले ८ अर्ब ८० करोड चुक्ता पूँजी रहेको सानिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बोनस सेयरपछि ९ अर्ब ६८ करोड हुने छ ।


क्लिकमान्डु