सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएपनि कारोबार रकममा भने कमी आएको छ ।
बजार मापन गर्ने सूचक १.७४ अंकले बढेर १५७८.०१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १.३७ अंकले बढेर ३१३.१० बिन्दुमा रोकिएको छ ।
१८९ कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता सेयर १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ, होटल, विकास बैंक, माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ भने जीवन बीमा, निर्जीबन बीमा, जलविद्युत कम्पनी, वित्त कम्पनीको उपसूचकमा गिरावट आएको छ ।