सानिमा इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक, झण्डै ९ लाखले दिए आवेदन
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा ८ लाख ८३ हजार ८४३ जनाले आवेदन दिएका छन् ।
८ लाख ८३ हजार ६२४ जनाले १ अर्ब ९० करोड १५ लाख ९८ हजार रुपैयाँको १ करोड ९० लाख १५ हजार ९८० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
सानिमाले ३० लाख कित्ता सेयर जारी गरेकोमा सर्वसाधारका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरिएको थियो ।
प्रति कित्ता सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कुल ३० लाख मध्ये १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाएको थियो । यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।