सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १३.३७ अंकले घटेर १५७६.२७ बिन्दुमा रोकिएको छ ।

१९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकाशं समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ १०.५, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत कम्पनी २७.७५, निर्जीबन बीमा ८६.३७, उत्पादन तथा प्रशोधन ४८.४८, जीवन बीमा समूहको उपसूचक १०.७१ अंकले घटेको सूचक १०.७१ अंकले घटेको छ ।


क्लिकमान्डु