शत प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डमा पुुग्यो अरुण भ्याली हाईड्रोपावर



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बोर्डले १ः१ अनुपातमा हकप्रद जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ ।

हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


क्लिकमान्डु