स्वरोजगार र जनकपुर लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार सुरु
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्तलाई एक्वायर गरेपछि अजोज २५ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । एक्वायरपछि स्वरोजगार लघुवित्तको नामबाट कारोबार हुने छ ।
स्वरोजगारले जनकपुरलार्ई १ः०.७ स्वाप अनुपातमा एक्वायर गरेको हो । एक्वायरपछि जनकपुर लघुवित्तको १०० कित्ता सेयर हुनेले स्वरोजगारकोे ७० कित्ता सेयर पाउनेछन् ।
राष्ट्र बैंकले दुवै संस्थालाई एकीकृत कारोबार गर्न असोज २ गते अनुमति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयमा असोज १९ गते स्वीकृति लिइसकेको छ ।