सानिमा जनरलको आईपीओमा साढे ७ लाखको आवेदन
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर आईपीओमा ७ लाख ४४ हजार ४९१ जनाले आवेदन दिएका छन् ।
उक्त आइपीओमा ७ लाख ४४ हजार ४९१ जनाले १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ १ करोड ६२ लाख ३६ हजार ५५० कित्ताको लागि आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार असोज २१ गतेबाट प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ ।
३० लाखमा सर्वसाधार लगानीकर्ताको लागि २७ लाख ३० हजार कित्ताको लागि आवेदन खुला भएको छ । यस्तै १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको छ ।
आईपीओमा २५ गतेसम्म न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।