बुक बिल्डिङमा ठूला कम्पनीलाई सहभागी हुन अध्यक्ष मोरको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नीजि क्षेत्रले आफ्नो कम्पनीको अवस्था कस्तो छ भनेर थाहा पाउनको लागि बुक बिल्डिङ प्रणाली प्रभावकारी हुने बताएका छन् ।
धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यो कार्यक्रममा सहभागी भएर लाभ लिन सबैलाई आग्रह गरेका छन् ।
उनले आफ्नो कम्पनीको विकास र विस्तार गर्नको लागि यो प्रभावकारी रहने उल्लेख छ ।
यसले धितोपत्र बजारलाई थप पारदर्शीका साथै व्यवस्थित बनाउँदै लैजाने बताए । उनले देशमा आर्थिक गतविधिलाई थप चलायमान गर्न पनि यो आवश्यक हुने उल्लेख गरे ।
बुक बिल्डिङमा अण्डरराइटर र बिक्री प्रबन्धकलाई बढी जिम्मेवार बनाउन धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । यसले नयाँ कम्पनीको लागि थप पुँजी जुटाउन समेत सकिने बताए ।
कार्यक्रममा कम्पनी रजिष्टार कार्यलयका रजिष्टार प्रदिपराज अधिकारीले ऐन र कानूनले पनि कतिपय कुरा स्पष्ट पार्न आवश्यक रहेको बताए ।
अर्थ मन्त्रालयले नै ऐन कानूनमा बाध्यबारी बनाउन आवश्यक रहेको सुझाव दिए । त्यसले वास्तविक क्षेकका कम्पनीलाई आकर्षिक गर्ने बताए ।
कार्यक्रममा बोर्डका विज्ञ सदस्य अशोक कुमार पौडेलले अहिलेको व्यवस्थामा केही समस्या भएमा बोर्डले सुधार गरेर जाने तर्क गरे । बोर्डले नीतिगत कुरा गर्ने र त्यसको कार्यान्वयनमा सबैले ध्यान दिन आवश्यक रहेको जानकारी गराए ।
यता बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बुक बिल्डिङले कम्पनीको आफ्नो अवस्था थाहा पाउन सकिने बताए । यसले कम्पनीको हैसियत कति छ, कस्तो छ भनेर थाहा हुने, कम्पनीको लागि तरलता सहज हुने भएकोले यो आवश्यक रहेको बताए ।
उनले नयाँ नयाँ कम्पनी आउने, ऋणपत्र जारी गर्न पनि हसयोग हुने समेत बताए । बुक बिल्डिङमा जान ३ रेटिङ भन्दा माथी हुनुपर्ने र त्यो भन्दा कम आउनेले सहभागी जनाउन नसक्ने उनको तर्क छ । बुक बिल्डिङ लगानीकर्ताका साथै सबैको लागि हितकारी हुने जानकारी गराए ।
उनले सर्वसाधारणको हितको लागि ६० प्रतिशत र संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर छुट्याउने बताए । अहिले यसका मूल्यमा तलमाथी होला की भन्ने गर रहेको भन्दै बजार तलमाथी गर्न नसक्ने र त्यसमा नटबल्डु लगाएको उनको तर्क छ ।
बुक बिल्डिङमा बेस प्राइज निर्धारण गर्ने र त्यसको २० प्रतिशत तल वा माथी गरेर आएको एभरेज प्राइजबाट १० प्रतिशत घटाउने भएको कारण बजार मूल्यमा डराउनु नपर्ने बताए ।
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले मूल्य निर्धारणमा इमान्दार बनिदिन आग्रह गरेका छन् । नेपालको पुँजी बजारमा बुक बिल्डिङ आवश्यक रहको बताए ।