सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ११.३४ अंकले घटेर १५८९.६३ बिन्दुमा रोकिएको छ । १९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समुह, होटल, विकास बैंक, जलविद्युत कम्पनी, निर्जीबन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ ।