विजय लघुवित्तले खप्तडलाई एक्वायर गर्न सम्झौता



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । विजयले खप्तडलाई १००ः८५ स्वाप रेसियो अनुपातमा प्राप्ति गर्न लागेको हो ।

गैडाकोटको नवलपरासीमा केन्द्रीय कार्यालय रहेको विजयले कैलालीको गोदावरीमा रहेको खप्तडलाई प्राप्तिको लागि सम्झैता गरेको हो । लघुवित्तका अनुसार असोज १९ गते आपसमा गाभ्ने/गाभिने सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

खप्तड लघुवित्तले अहिलेसम्म आइपीओ जारी गरेका छैन भने विजयले आइपीओ जारी गरिसकेको छ । हाल विजयको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु