मर्जरपछि स्वरोजगारको एकिकृत कारोबार असोज २५ बाट



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार असोज २५ गतेबाट हुने भएको छ ।

स्वरोजगार र जनकपुर लघुवित्त मर्ज भएपछि असोज २५ गतेबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पछि स्वरोजगारको नाममा कारोबार हुने छ ।

मर्जरपछि लघुवित्तको चुक्ता पुँजी ३७ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । हाल स्वरोजगारको ३४ करोड १६ लाख र जनकपुरको ३ करोड ४७ लाख रुपैयाँ छ रहेको छ ।

स्वरोजगारले जनकपुर लघुवित्तलाई १००ः७० अनुपातमा स्वाप गरेको हो ।


क्लिकमान्डु