सेयर बजारमा सामान्य गिरावट, २ कम्पनीकाे काराेबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बजार ३.६३ अंकले घटेर १५८२.१२ बिन्दुमा रोकिएको छ ।

१९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता सेयर २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.८९, निर्जीबन बीमा कम्पनी ११५.१८, उत्पादन तथा प्रशोधन ५३.३३, माइक्रोफाइनान्स १०.८१, जीवन बीमा समूहको उपसूचक ८१.३४ अंकले घटेका छ ।

कारोबारमा डेभलपमेन्ट बैंक २४.४९, जलविद्युत समुहको उपसूचक २७.३९ अंकले बढेको छ ।
कारोबारमा कामना सेवा विकास बैंक र रैराङ हाईड्रोपावरको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु