नेपाल क्लियरिङ हाउसमा रहेको १० % सेयर बेचेर स्मार्टच्वाइस बाहिरिने



काठमाडौं । नेपाल क्लियरिङ हाउस(एनसीएचएल)बाट स्मार्टच्वाइस टेक्नोलोजी(एससीटी) बाहिरिने भएको छ ।

मुक्तिनाथ क्यापिटलले एनसीएचएलमा एससीटीको नाममा भएको सेयर बिक्री गर्नको लागि लिलामी बोलपत्र आह्वान गरेको छ ।

एससीटीले प्रतिकित्ता न्यूनतम मूल्य ३५० रुपैयाँमा लिलाल बढाबढबाट सेयर बेच्न लागेको हो ।

नेपाल क्लियरिङ हाउसमा एससीटीको २ लाख ९८ हजार ८० कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।

मुक्तिनाथ क्यापिटलले संस्थापक सेयर बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ । जुन सेयर बैंक तथा वित्तीय संस्थाले मात्र खरिद गर्न पाउने छन् ।

लिलाम बढाबढ प्रक्रियामा असोज २४ भित्र आवेदन दिनुपर्ने छ । असोज २५ गते बोलपत्र खोलिने मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

एससीटीमा प्रभु समुहको बहुमत सेयर स्वामित्व रहेको छ ।

क्लियरिङ हाउस लाभांशको दृष्टिकोणले आकर्षक कम्पनी हो । बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुका लागि दीर्घकालिन लगानीको दृष्टिकोणले हेर्दा आकर्षक प्रतिफल दिने कम्पनी एनसीएचल हो ।

एससीटीले भने एनसीएचलबाट बाहिरिएर डिजिटल पेमेन्टमा झनै आक्रामक लगानी गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु