३५ प्रतिशत सेयर कारोबार अनलाइनमार्फत, लकडाउनले बढायो दोस्रो बजारमा अनलाइन



काठमाडौं । कोरोनाका कारण सुरु भएको लकडाउनको कारण सेयर बजारमा अनलाइन प्रयोग गर्ने लगानीकर्ता बढेका छन् ।

सुरुमा लामो समयसम्म लगानीकर्ताले अनलाइमा धेरै ध्यान दिएक थिएनन् । पहिला अनलाइन सिस्टमबाट कारोबार गर्दा जतातजै समस्या नै समस्या छ भन्ने लगानीकर्ताहरु समेत अहिले अनलाइन सेवा लिन थालेका छन् । जब कोरोनाका कारण ९८ दिन बजार बन्द भएपछि अनलाइनबाट नै सेयर कारोबार हुन थाल्यो त्यसपछि अनलाइन सेयर प्रयोग गर्ने लगानीकर्ता बढेका छन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबारसम्म अनलाइन प्रयोग गर्ने प्रयोगकर्ता १ लाख २० हजार ४९९ जना पुगेका छन् ।
नेप्सेका अनुसार यो अवधिसम्म सक्रिय लगानीकर्ता ३ लाख ३७ हजार ३६० जना रहेकोमा अनलाइनबाट मात्रै १ लाख २० हजार ४९९ जना पुगेका छन् ।

नेप्सेका अनुसार यो अवधिमा सबैभन्दा बढी नासा सेक्यूरिजिबाट १० हजार ७९० जनाले अनलाइन सेवा लिएका छन् । यस्तै सनी सेक्युरिटिजबाट १० हजार ५०८, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट ७ हजार ६६३ जनाले अनलाइन सेवा लिएका छन् । सबैभन्दा थोरै सगरमाथा सेक्युरिटिजबाट २४२ जनाले मात्रै अनलाइन सेवा लिएका छन् ।

अहिले सेयर लगानीकर्ताहरुले घरबाट नै सेयर कारोबार गर्ने भएका कारण अनलाइन लिनेक्रम बढेको देखिएको छ ।


क्लिकमान्डु