सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ देखि खुल्ने, १० कित्ता मात्र आवेदन दिए हुने



काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता एक सय रुपैयाँको दरले जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

आइपीओ असोज २१ देखि खुल्ने छ । आइपीओ बिक्री छिटोमा असोज २४ गते बन्द हुने छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

सर्वसाधारणले २७ लाख ३० हजार कित्ता सेयरको लागि आवेदन गर्न पाउने छन् । पछिल्लो समय आइपीओमा रेकर्ड ब्रेक आवेदन पर्न थालेको छ । धितोपत्र बोर्डको आइपीओ बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ता सेयर अनिवार्य गरिएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा २ लाख ७३ हजार जनाले न्यूनतम १० कित्ता आइपीओ पाउनेछन् । जसको कारण आइपीओमा १० कित्ता मात्र आवेदन दिए हुन्छ ।

आइपीओ मेरो सेयर तथा आस्वा पाएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ ।


क्लिकमान्डु