जनरल इन्स्योरेन्सको आईपीओमा माग भन्दा ८ गुणा बढी पर्याे आवेदन



काठमाडौं । जनरल इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा माग भन्दा झण्डै ८.२५ गुणा बढी आवेदन परेको छ ।

बुधबारसम्म ८ लाख १२ हजार ३४० जनाले २ अर्ब २५ करोड २६ लाख ४१ हजार रुपैयाँको २ करोड २५ लाख २६ हजार ४१० कित्तामा आवेदन परेको छ । सिडिएससीका अनुसार यो अंकमा भने केही हरफेर हुन सक्नेछ ।

इन्स्योरेन्सले प्रतिकित्ता सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । उक्त सेयर मध्ये सर्वसाधारणले २७ लाख ३० हजार कित्तामा आवेदन दिन पाउने थिए । १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डलाई छुट्याईएको थियो ।

आईपीओको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । मेरो सेयरमा देखिएको खराबिका कारण लगानीकर्ताले निकै सास्तिका साथ यो सेयरमा आवेदन दिएका छन् ।


क्लिकमान्डु