जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १० कित्ता आवेदन दिनु उपयुक्त



काठमाडौं । जनरल इन्स्योरेन्सको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

इन्स्योरेन्सको असोज ११ गतेबाट आजसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ३० लाख कित्ता आइपीओ बिक्री खुला भएको थियो ।

जसमा १ लाख २० हजार कित्ता कर्मचारीले, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डलाई छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले सी आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । जसले गर्दा आज आवेदन दिने लगानीकर्ताले १० कित्ता मात्रै आवेदन दिँदा हुने देखिएको छ ।


क्लिकमान्डु