जलविद्युत कम्पनीले मात्रै थेग्न नसक्दा सेयर बजारमा करेक्सन, हाईड्रोका लगानीकर्ता मालामाल



काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन हुँदा कारोबार रकममा पनि गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ७.२१ अंकले घटेर १५५३.६२ बिन्दुमा रोकिएको छ ।

१९२ कम्पनीको ७३ लाख ५ हजार १११ कित्ता सेयर १ अर्ब ८२ करोड ९८ लाख ७२ लाख ९६८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १०.८२, निर्जीबन बीमा ४४.९९, माइक्रोफाइनान्स १३.५८, जीवन बीमा समूहको उपसूचक ४२.९६ अंकले घटेको छ । यो दिनको कारोबारमा जलविद्युत समूहको उपसूचक २८.०५ अंकले बढेको छ । कारोबारमा जलविद्युत समूहले मात्रै बजार थेग्न नसकेको देखिएको छ । कारोबारमा जलविद्युत, उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा केही सुधार देखिएको छ ।

कारोबार रकमको आधारमा अरुण काबेली पावर कम्पनी अग्रस्थानमा रहेको छ । अरुण काबेलिको १७ करोड ४१ लाख ८४ हजार २३९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमाल दोलखा हाईड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

कारोबारमा जोशी हाईड्रोपावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालय उर्जा विकास कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाईड्रो, यूनाइटेड मोदीका लगानीकर्ताले कमाउँदा सपोर्ट माईक्रोफाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, साल्ट टे«डिङका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु