सूचीकृत संस्थालाई नवीकरण गर्न नेप्सेको निर्देशन, असोज मसान्तमा नगरे १० % जरिवाना



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थालाई तत्काल बार्षिक नविकरण शुल्क बुुझाउन आग्रह गरेको छ ।

नेप्सेले सूचना जारी गर्दै सूूचीकृत संस्थाले बार्षिक रुपमा बुुझाउनुपर्ने नविकरण शुल्क बुुझाउन आग्रह गरेको छ । उक्त शुल्क असोज मसान्तसम्म बुुझाउनुपर्ने छ । त्यो अवधिमा नबुुझाएमा शुल्कको बार्षिक १० प्रतिशतका दरले जरिवाना बुुझाउनु पर्ने छ ।

नविकरण शुल्क बुुझाउँदा ५० करोडसम्म चुक्ता पुँजी भएको कम्पनीले बार्षिक ५० हजार रुपैयाँ तीरेर नविकरण गर्नुपर्ने छ । यस्तै ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ बुझाउनु पर्ने छ ।

यता ऋणपत्र र म्यूचुुअल फण्डको नविकरण शुल्क भने कम रहेको छ । ५० करोड सम्म पुँजी भएका ऋणपत्र तथा म्यूचुुअल फण्ड जारी गरेका कम्पनीले २५ हजार र ५० करोड माथी हुनेले ५० हजार रुपैयाँ तिर्नुपर्ने छ । नविकरण शुल्क ग्लोबल आईएमई बैंकमा जम्मा गर्न नेप्सेले आग्रह गरेको छ ।


क्लिकमान्डु