शिखर इन्स्योरेन्सका सीइओ दिप पाण्डेको कार्यकाल थप्न बीमा समितिको अनुमति



काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको ४ वर्ष कार्यकाल थप्न नियामक निकाय बीमा समितिले अनुमति दिएको छ ।

बीमा समितिले ४ वर्षको लागि कार्यकाल थप्न पाण्डेलाई अनुमति दिएको हो ।

निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सलाई अहिलेको उचाईमा पुर्याउन सबैभन्दा महत्वपूर्ण भूमिका पाण्डेको रहेको छ । पाण्डेले शिखर इन्स्योरेन्समा आउनु अगाडि एभरेष्ट इन्स्योरेन्समा काम गरेका थिए ।

पाण्डेको सीइओको पदावधी कात्तिक ११ गते सकिने थियो । बीमा कम्पनीमा सीइओ नियुक्तिका लागि नियामक निकाय बीमा समितिको अनुमति चाहिन्छ ।

शिखर इन्स्योरेन्सको संचालक समितिको बैठकले पाण्डेको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु