सेयर बजारमा करेक्सन, कारोबार रकम खुम्चियो



काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन हुँदा कारोबार रकममा पनि गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ४.७३ अंकले घटेर सूचक १५६०.८३ बिन्दुमा रोकिएको छ ।
१९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता सेयर १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५२४ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम खुम्चिएको छ ।

कारोबारमा बैंकिङ समूहको ४.०३, निर्जीबन बीमा ४९.८३, उत्पादन तथा प्रशोधन १९.६४, जीवन बीमा समूहको उपसूचक ५२.९१ अंकले घटेको छ । कारोबार रकमको आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी रहेको छ ।

हिमालको ९ करोड ३२ लाख ६३ हजार ४५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी, अरुण भ्याली हाईड्रोपावर रहेको छ ।

कारोबारमा नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा पाँचथर पावर कम्पनी, गोर्खाज फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, सानिमा इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु