सिद्धार्थ इक्विटी फण्डको न्याभमा सुधार, बैंक मौज्दात बढ्यो



काठमाडौं । सिद्धार्थ इक्विटी फण्डको गत महिना प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ)मा सुधार देखिएको छ । साउनमा १० रुपैयाँ ७४ पैसा रहेकोमा भदौमा बढेर ११ रुपैयाँ ४८ पैसा पुगेको छ ।

फण्डले भदौसम्ममा सूचीकृत कम्पनी मध्ये ६९ वटा कम्पनीको ३० लाख ६७ हजार ५०६ कित्ता सेयरमा १ अर्ब ३१ करोड ९१ लाख ९५ हजार रुपैयाँ लगानी गरेको छ । साउन महिनामा सूचीकृत सेयरमा १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँको लगानी गरेको थियो ।

फण्डको भदौ महिनामा बैंक मौज्दात १५ करोड ६४ लाख ९४ हजार ७३२ रुपैयाँ रहेको छ । साउनमा ११ करोड १६ लाख २१ हजार २०८ रुपैयाँमा रहेको थियो । यो अवधिमा बैंक मौज्दात बढेको छ ।

यो अवधिमा फण्डले सबैभन्दा धेरै नेपाल बैंकको सेयरमा ३ लाख २२ हजार ८७४ कित्ता सेयरमा ९ करोड ९४ लाख ४५ हजार रुपैयाँ लगानी गरिएको देखिएको छ । सबैभन्दा कम प्रभु इन्स्योरेन्सको १ कित्ता सेयरमा ६२७ रुपैयाँ लगानी गरेको छ ।


क्लिकमान्डु