सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको ध्यान सस्ता कम्पनीमा



काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबा रकममा भने उछाल आएको छ ।

बजार मापन गर्ने सूचक ४.२९ अंकले बढेर १५६५.५५ बिन्दुमा रोकिएको छ । १९१ कम्पनीको १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३७१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १३.७४, होटल ५१.७१, वित्त कम्पनी ११.६३ अंकले बढ्दा निर्जीबन बीमा ७२.५३, उत्पादन तथा प्रशोधन ४४.८१, जीवन बीमा समूहको उपसूचक ८३.५९ अंघले घटेको छ ।

कारोबार रकमको आधारमा सोल्टि होटल अग्रस्थानमा रहेको छ । होटलको ४८ करोड ५६ लाख ५१ हजार ८७९ रुपैयाँको सेयर करोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमाल दोलखा हाईड्रोपावर र कुमारी बैंक रहेका छन् ।

कारोबारमा बेस्ट फाइनान्स कम्पनी, माउन्टेन हाईड्रो, नेपाल फाइनान्स, रैराङ हाईड्रोपावर, घलेम्दी हाईड्रोका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा यूनिलिभर नेपाल, युनाइटेड मोदी, यूनाइटेड फाइनान्स, रिढी हाईड्रोपावर, गणपती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु