युनिलिभरले लगानीतर्कालाई सय रुपैयाँ लाभांश दिने, कहिले हुँदैछ बुकक्लोज



काठमाडौं । युनिलिभर नेपालले लगानीकर्ताहरुलाई १०० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । यो १७ वर्ष यता कै थोरै लाभांश हो ।

शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १ कित्ता सेयर बराबर १०० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । गत वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश दिएको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ २७ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै उक्त लाभांश पाउने छन् ।

कम्पनीले साधारण सभा सकिएको ४५ दिन भित्र लाभांश दिइसक्ने जनाएको छ ।


क्लिकमान्डु