आईपीओ आउनासाथ मेरो सेयरमा देखिने समस्या अझै रोकिएन



काठमाडौं । आइतबार मेरो सेयर चल्न छोडेपछि सेयर लगानीकर्ता मर्कामा परेका छन् ।

सिडिएससीले सञ्चालनमा ल्याएको मेरो सेयर नचल्दा लगानीकर्ताहरुले जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिन समस्या भएको छ ।

मेरो सेयरमा समस्या देखिएपछि केही दिन अघि सिडिएससीको आईटी समूह र एफवानसफ्टले देखिएको समस्या समाधान गरेको भनेको थियो । तर त्यसमा पुन समस्या देखिएपछि मेरो सेयर चल्न छोडेको छ ।

जसका कारण सेयर लगानीकर्तालाई जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिन समस्या भएको हो ।

यो समस्या अहिलेको मात्रै होइन पहिला पहिला पनि सदै हुँदै आएको समस्या हो । जब आईपीओ खुल्छ तब मेरो सेयर चल्न छोडन र लगानीतर्काले समस्या भोग्ने गरेका छन् । कयौले भरेको सेयर दोहोरिएका कारण रद्द समेत हुने गरेको छ ।

मेरो सेयरमा आएको समस्या समाधान गर्नको लागि आवश्यक काम एफवानसफ्टले गरिरहेको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत सिइओ पूर्ण प्रसाद आचार्यले बताए ।

उनका अनुसार केही दिन अघि तीन घन्टा बन्द गरेर भर्सन अपडेट गरेको थियो । यो अवधिमा केही हार्डवेयर, सफ्टवेयरको काम पनि गरिरहेको भएर केही ल्याकिङ पनि भएको हुनसक्ने उनकोे भनाई छ ।

अहिले पनि केही समस्या आयो भनेर हेरिरहेको जानकारी गराएको बताए । ‘मैले काम गर्न नसक्ने हो भने हात उठाउनु अर्को सफ्टवेयर किन्छौ, हैन भने लगानीकर्तालाई दुःख दिनु हुँदैन भनेको छु, ‘उनले भने अब यस्तो समस्या नआउने गरी बनाउँछु भन्नु भएको छ,सँधै एउटै समस्या आइरहने हो भने लगानीकर्तालाई दुख दिनु हुँदैन, त्यसमा हामी सजग छौं ।’

आईटी कम्पनीले आधा घन्टामा नै समस्या समाधान गर्न तयार रहेको जानकारी गराइको उनको उनको भनाई छ ।

साढे १० बजेसम्ममा २७ हजार भन्दा बढीको आवेदन परिसकेको उनको भनाइ छ ।
सिइओ आचार्यले लगानीकर्तालाई १० बजेदेखि ५ बजेसम्म मात्रै नभएर अनलाइनबाट २४ सैं घन्टा आवेदन दिन सकिने बताए ।

यसअघिका आईपीओ आएको समयमा कोरोनाको कारण लकडाउन भएकोले अनलाइनबाट मात्रै आवेदन दिन पाउने भएको थियो । अहिले लगानीकर्ताले आफूलाई पायक परेको बैंकमा गएर आवेदन दिन समेत सकिने छ ।


क्लिकमान्डु