तीन वटा लघुवित्त मजर्रपछि एक, आरम्भ चौतारीको सेयर कारोबार रोक्का



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

संस्थाले अन्य दुई लघुवित्तलाई आपसमा मर्जर गराउन लागेको भएर आज (आइतबार) देखि कारोबार रोक्का भएको हो ।

संस्थाले नेपाल स्टक एक्सचेन्जलाई गराएको जानकारी अनुसार शुक्रबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था मर्जरको लागि हस्ताक्षर भएको छ ।

जसका कारण आरम्भको सेयर कारोबार रोक्क भएको हो ।


क्लिकमान्डु