जनरल इन्स्योरेन्सको आइपीओ आजदेखि, मेरो सेयर मार्फत भर्दा पिन नम्बर अनिवार्य



काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले आइतबारदेखि सर्वसाधारणको लागि साधारण सेयर(आइपीओ) निष्कासन गर्न लागेको हो ।

जनरल इन्सोरेन्सले चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउनको लागि ३० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

यसरी २७ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन खुल्ला गरिएको छ । आइपीओ छिटोमा असोज १४ र ढिलोमा असोज २५ मा बिक्री बन्द हुने छ ।
आइपीओलाई केयर रेटिङले ग्रेड ४ देखाएको छ ।

जनरल इन्स्योरेन्सको आइपीओ भर्नको लागि मेरो सेयर मार्फत पिन नम्बर अनिवार्य रहेको छ ।

आवेदकको संख्या बढी हुने हुँदा जनरलको आइपीओमा १० कित्ता मात्र आवेदन दिदा हुन्छ ।


क्लिकमान्डु