सेयर बजार घटेसँगै बजारपुँजिकरण खुम्चियो, पुनर्बीमा कम्पनीलाई नबिल बैंकले उछिन्यो



काठमाडौं । यो साताको सेयर कारोबारको बजारपुँजिकरण तर्फ शिर्ष १० को १ नम्बरमा नेपाल दुरसञ्चार कम्पनी कायमै रहेको छ । गत साता पनि दुरसञ्चार कम्पनी नै रहेको थियो ।

पुँजिकरणमा गत साता नेपाल पुनर्बीमा कम्पनी रहेकोमा यो साता पुनर्बीमालाई नबिल बैंकले उछिनेको छ । यो साता दोस्रो स्थानमा नबिल बैंक रहेको छ भने एक स्थान तल झरेको छ, नेपाल पुनर्बीमा कम्पनी ।

बजारपुँजिकरणमा शिर्ष १० मा यो साता ६ वटा बैंक रहेका छन् । जसमा नबिल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक र एनआईसी एसिया बैंक रहेको छ ।

बजारपुँजिकरणको तेस्रो नम्बरमा केही समय अघिमात्रै सूचिकृत भएको पुनर्बीमा कम्पनी रहेको छ । गत साता १० औं नम्बरमा रहेको हिमालयन बैंक बाहिरिएको छ भने १० औं नम्बरमा स्टयाण्डर्ड चार्टर्ड बैंक भित्रिएको छ ।

अग्रस्थानमा रहेको नेपाल दुरसञ्चार कम्पनीको बजारपुँजिकरण १ खर्ब ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकको बजारपुँजिकरण ८८ अर्ब २४ करोड ७० लाख रुपैयाँ रहेको छ भने भर्खरै सेयर बजारमा आएको पुनर्बीमा कम्पनीकोे बजारपुँजिकरण ८६ अर्ब ४० करोड रहेको छ ।

बजारपुँजिकरणमा पुनर्बीमा पछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बजारपुँजिकरण यो साताको अन्तिमसम्ममा ७६ अर्ब २३ करोड १७ लाख रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको बजारपुँजिकरण ६१ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ रहेको छ । एभरेष्ट बैंकपछि नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

इन्भेष्टमेन्ट बैंकको बजारपुँजिकरण ६० अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ
एनएमबी बैंकको बजारपुँजिकरण ६० अर्ब २४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
आठौ नम्बरमा रहेको रहेको नागरिक लगानी कोषको बजार पुँजिकरण ५७ अर्ब ३९ करोड ३१ लाख रहेको छ । एनआईसी एसिया बैंकको बजारपुँजिकरण ५६ अर्ब २६ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

बजारपुँजिकरणमा दशौं नम्बरमा रहेको स्टयान्डर्ड चार्टर्ड बैंकको ५३ अर्ब १९ करोड ५९ लाख रुपैयाँ रहेको छ । यो साता सेयर बजारमा गिरावट आएसँगै कम्पनीहरुको बजारपुँजिकरण पनि घटेको छ ।

यो साता नेप्से इन्डेक्स १३.९१ अंकले घटेको छ । यो साताको पहिलो दिन आइतबार १५७७.१८ अंकमा रहेको इन्डेक्स बिहीबारसम्म आईपुग्दा १३.९१ अंकले घटेर १५६१.२७ बिन्दुमा रहेको छ । आइतबारबाट निरन्तर घटेको बजार बुधबार र बिहीबार सामान्य सुधार भएको छ ।


क्लिकमान्डु