गतवर्षको नाफाबाट २० संस्थाको लाभांश घोषणा, कसको कति ?



काठमाडौं । सञ्चालमा रहेका बैंक तथा वित्तीय संस्था, म्यूचुअल फण्डहरुले आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गर्न थालेका छन् ।

अहिलेसम्म २० वटा संस्थाहरुले लाभांश दिने प्रस्ताव गरेका छन् । लाभांश दिन प्रस्ताव गर्नेमा बैंकतर्फ माछापुच्छ्रे मात्रै रहेको छ । लघुवित्त तर्फ ४ वटा रहेका छन भने बाँकी रहेका १५ वटा म्यूचुअल फण्ड रहेका छन् ।

लाभांश घोषणमा पहिलो बनेको माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा नगद ३.३७ र बोनस सेयर ७.०३ प्रतिशत रहेको छ । बैंकहरुको भन्दा लाभांश धेरैमाइक्रो फाइनान्स रहेको छ । लाभांश घोषणा गरेका आशा, आरएमडिसी, फस्ट माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्स रहेका छन् । यसमा सबैभन्दा बढी समताले २६.३२ प्रतिशत लाभांश दिने भएको छ । समताले २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगदसहित २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै आशाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद, आरएमडिसिले बोनस १५ र नगद ५ प्रतिशत, फस्ट फाइक्रोफाइनान्सले बोनस २० र नगद ६.३२ प्रतिशत दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यस्तै लाभांश घोषणा गरेका १५ वटा म्यूचुअल फण्डमा सबैभन्दा बढी लाभांश दिनेमा सिटिजन्स म्यूचुअल फण्ड १ रहेको छ । फण्डले १५ प्रतिशत नगद दिने भएको छ । १० प्रतिशत भन्दा बढी नगद लाभंश दिने म्यूचुअल फण्डमा सिटिजन्स म्यूचुअल फण्ड १, सिटिजन्स म्यूचुअल फण्ड २, एनआईसी एसिया ग्रोथ फण्ड र एनआईबीएल सम्बृद्धि फण्ड १ रहेका छन् । फण्ड १ ले १५ र २ ले १० प्रतिशत तथा एनआईसी एसिया ग्रोथले १२ र एनआईबीएलले पनि १२ प्रतिशत लाभांश दिने भएका छन् । सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत स्किम १ को ४ प्रतिशत मात्रै रहेको छ ।

Company Name Cash Bonus Total
NIC Asia Balanced Fund 8 8
NIC Asia Growth Fund 12 12
Siddhartha Investment Growth Scheme – 2 5 5
Siddhartha Equity Fund 7.5 7.5
NIBL Samriddhi Fund 1 12 12
NIBL Sahabhagita Fund 8.25 8.25
NMB 50 5 5
NMB Hybrid Fund L-1 8 8
CITIZENS MUTUAL FUND 2 10 10
Citizens Mutual Fund -1 15 15
Sunrise First Mutual Fund 7 7
Global IME Samunnat Scheme-1 4 4
Laxmi Equity Fund 4.25 4.25
NABIL BALANCED FUND-2 9 9
Nabil Equity Fund 6 6
Machhapuchhre Bank Limited 3.37 7.03 10.4
Asha Laghubitta Bittiya Sanstha Ltd 0.79 15 15.79
RMDC Laghubitta Bittiya Sanstha Ltd. 5 15 20
First Micro Finance Development Bank Ltd. 4.18 9.5 13.68
Samata Microfinance Bittiya Sanstha Ltd. 6.32 20 26.32


क्लिकमान्डु