जग्गाको कित्ताकाट खोल्ने निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले छलफलका लागि बोलायो



काठमाडौं । सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयका विरुद्ध परेको रिटमा छलफलका लागि बोलाएको छ ।

बिहीबार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर र न्यायाधीश अनिल कुमार सिन्हाको संयुक्त इजलासमा इजलासले छलफलका लागि बोलाएको हो ।

अदालतले उक्त मुद्दामा विपक्षीसँग छलफल गर्नुपर्ने भएको भन्दै छलफलका लागि बोलाएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मिति २०७७/५/१८ मा भएको जग्गाको कित्ताकाट सम्बन्धि निर्णय, तत्कालिन भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट भएको मिति २०७४/४/२६ को कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धि निर्णय तथा सोही सम्बन्धमा यस अदालतबाट मिति २०७४/११/२ मा जारी भएको निर्देशनात्मक आदेश समेतको सक्कल मिसिल झिकाइ अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा छलफलका लागि २०७७/६/२० गतेको पेशी तारेख तोकि सोको सूचना विपक्षीहरुलाई समेत दिइ नियमानुसार पेश गर्नु,’ अदालतले भनेको छ ।

अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले देशभर जग्गाको कित्ताकाट खोल्ने गरी गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।


क्लिकमान्डु