लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीतर्फ, सेयर बजारमा सामान्य सुधार



काठमाडौं । सेयर कारोबारमा यतिबेला लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीतर्फ देखिएको छ । यो साताको अन्तिम दिनको कारोबारमा जलविद्युत समूहका लगानीकर्ताले मनग्य आम्दानी गरेका छन् ।

पछिल्लो समयमा लगानीकर्ताको ध्यान सस्ता कम्पनीतर्फ देखिएको छ । बजारमा आईपीओको मूल्य अर्थात १०० रुपैयाँ भन्दा कम मूल्यमा जलविद्युत कम्पनीको सेयर पाइन्छ । लगानीकर्ताको ध्यान पनि त्यस्तै कम्पनी र सस्तो मूल्य रहेको जलविद्युत कम्पनीमा रहेको देखिएको छ ।

बिहीबारको कारोबारमा सबैभन्दा बढी कमाउने १० वटा कम्पनीमा १० वटा नै जलविद्युत समूह रहेका छन् । कारोबारमा अपी पावर कम्पनी, माउन्टेन हाईड्रो, हिमाल दोलखा, सिनर्जी पावर, दिव्यश्वरी हाईड्रो, बरुण हाईड्रो, अरुण भ्याली हाईड्रो, खानीखोला हाईड्रोपावर, छ्याङदी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी दश कम्पनीमा अधिकाशको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कम रहेको छ भने खानीखोला र दिव्यश्वरीको सेयर मूल्य क्रमशः ९३ रुपैयाँ र ९१ रुपैयाँ रहेको छ ।

बजार मापन गर्ने सूचक ५.७४ अंकले बढेर १५६१.२७ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १.२३ अंकले बढेको छ । १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा अरुण काबेली पावर अग्रस्थानमा रहेको छ । अरुणको १४ करोड ७८ लाख ६४ हजार ४१२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः अप्पर तामाकोशी र नेपाल रिइन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु