आफ्नो चरम लापरबाहीलाई नेप्सेले सच्यायो सुटुक्क, वोमीको सेयर कारोबार रोक्का भुलबस



काठमाडौं । नेप्सेको नेतृत्वको लाचारिपना र कर्मचारीको गैर जिम्मेवारीका कारण बिहीबार एकाएक वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको सूचना आयो ।

नेप्सेले आधिकारीक रुपमा सूचना जारी गरेपछि सञ्चार माध्यममा समाचार बने । त्यसको केही समयमा नै नेप्सेले उक्त सूचनालाई हटाएर त्यही ठाँउमा वोमीको ठाँउमा समाजको सेयर कारोबार रोक्का भएको सूचना जारी गर्यो ।

सञ्चार माध्यममा त्यो समाचार नआएको थियो भने नेप्सेले त्यो सूचना परिवर्तन गर्ने वा नगर्ने यसै भन्न सकिने अवस्था छैन । नेप्सेले गरेको चरम लापरबाहिले लगानीकर्ताको मनोविज्ञानमा पार्ने असरको सहजै आंकलन गर्न सकिन्छ ।

नियमनकारी निकाय धितोपत्र बोर्डले यस्ता विषयलाई ध्यान नदिने र नेप्सेको नेतृत्व लाचार बनेर बस्ने र कर्मचारीमा मैले जे गरेपनि हुन्छ भन्ने र मनोमानीका कारण यस्ता गम्भिर खालका सूचना प्रकाशित हुने गरेको छ ।

उक्त सूचना आएको केही समयमा नै नेप्सेले सूचना परिवर्तन त गर्यो नै, तर पहिला के कारण त्यो सूचना आयो र पछि के कारण त्यो सूचना हट्यो भनेर नेप्सेले कुनै जानकारी दिएको छैन । नेप्सेले समय समयमा यस्तै गम्भिर खालका कमजोरी गर्दैजाँदा नीजि क्षेत्रको स्टक चाहिन्छ भन्नेलाई बल पुगेको छ ।

नेप्सेले वोमीको कारोबार रोक्का भयो भनेर सूचना पनि सेयर बजारको कारोबार भइरहेको समयमा निकालेको हो । कारोबार भइरहेको समयमा यस्तो गैर जिम्मेवारी काम गर्दा पनि नेप्सेले लगानीकर्तालाई उक्त सूचनामा के कारण यस्तो भयो भनेर जानकारी गराएन ।

वोमी लघुवित्तको सेयर कारोबार रोक्का गरेको पत्र
वोमी लघुवित्तको सेयर कारोबार रोक्का गरेको पत्र

नेप्सेले यसअघिको सूचनामा समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन लागेको जनाउँदै असोज ८ गतेबाट वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम वोमी लघुवित्त वित्तीय संस्थाको कारोबार असोज ८ गतेदेखि रोक्का राख्ने निर्णय गरेको छ ।

तर नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले उक्त सूचना भुलबस प्रकाशित भएको जनाएका छन् । प्रवक्ता पुराजुलीका अनुसार उक्त सूचनामा समाज लघुवित्तको सेयर कारोबार रोक्का भएको हुनुपर्नेमा टाइप गर्दा भुलबस वोमी भएको हाे । उनले त्यसमा नझुकिन्न लगानीकर्तालाई आग्रह गरेका छन् । भुलबस उक्त कमजोरी भएकोले लगानीकर्तालाई पनि सोही अनुसार बुझिदिन आग्रह गरेका छन् ।

समाज लघुवित्तको सेयर कारोबार रोक्का गरेको पत्र
समाज लघुवित्तको सेयर कारोबार रोक्का गरेको पत्र


क्लिकमान्डु