मर्ज हुने समाज र स्वस्तीक लघुवित्त, नेप्सेले कारोबार रोक्यो वोमीको



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को चरम लापरबाहीले बिना कारण सूचिकृत कम्पनीको सेयर कारोबार रोक्का हुने अवस्थामा पुगेको छ ।

समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन लागेका छन् । तर नेप्सेले सूचना जारी गरेर नै वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असोज ८ गतेदेखि लागु हुने गरी रोक्का गरेको छ ।

नेप्सेको सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले हस्ताक्षर गरेको पत्र अनुसार समाज लघुवित्त वित्तीय संस्थानको असोज ५ गतेको पत्र अनुसार समाज र स्वस्तीक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएको अवगत भएको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था आपसमा गाभ्नेृ गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम वोमी लघुवित्त वित्तीय संस्थाको कारोबार असोज ८ गतेदेखि रोक्का राख्ने निर्णय गरेको छ ।


क्लिकमान्डु