भदौ २५ र २८ गतेको ६४० वटा सेयर कारोबार रद्द



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले भदौ २५ र २८ गते सवा दुई बजे भन्दा अगाडि भएको कारोबार रद्द गरेको छ ।

सिडिएससीले उक्त दुई दिन भएका ६४० वटा कारोबार रद्द गरेको जनाएको छ । सिडिएससीका अनुसार बाँकी ४ हजार २ सय ९७ कारोबारको राफसाफ तथा फछ्यौट गर्न निर्देशन प्राप्त भएको जनाएको छ ।

उक्त समयमा भएको कारोबार भइ राफसाफ तथा फछ्यौट हुन बाँकी ४ हजार २ सय ९७ कारोबारको राफसाफ असोज ९ गते हुने भएको छ ।


क्लिकमान्डु