सिडिएससीले भन्योः पिनकोड ब्राउजरमा सेभ नगर्नु



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयरको पिनकोड सेटगर्दा उक्त पिनकोड ब्राउजरमा सेभ नगर्न आग्रह गरेको छ ।

सिडिएससीले मेरो सेयरमा पिनकोड सेटगर्दा उक्त कोट लगानीकर्ताको वेभ ब्राउजरले पासवर्डको रुपमा लिने भएकोले उक्त पिनकोड परिवर्तन गर्दा वा नयाँ सेट गर्दा उक्त पिनकोडलाई आफ्नो ब्राउजरमा सेभ नगर्न आग्रह गरेको छ ।

मेरो सेयर प्रयोगकर्ताले पिनकोड सेट गरिसकेपछि लगिनगर्दा ब्राउजरमा सेभ भएको पासवर्डले काम नगरेमा ब्राउजरमा सेभ भएको पासवर्ड प्रयोग नगरी आफैले पासवर्ड टाइपगरी मेरो सेयर लगइन गर्न सकिने जनाएको छ ।


क्लिकमान्डु