लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीमा, बजार सुधारोन्मुख



काठमाडौं । सेयर बजार सुधारोन्मुख भएपनि कारोबार रकम भने घटेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयमा आएर बढेको छ । बजार मापन गर्ने सूचक ९.३७ अंकले बढेर १५५५.५२ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले मात्रै सुधार भएको छ ।१९४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.८७ अंक, विकास बैंक २२.८, जलविद्युत ३३.७९, निर्जीबन बीमा ७४.७७, उत्पादन तथा प्रशोधन २३.२, माइक्रोफाइनान्स १०.२२, जीवन बीमा समूहको उपसूचक ९४.६८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

इन्स्योरेन्सको १० करोड ८५ लाख ९८ हजार ४५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा नेपाल बैंक र पुनर्बीमा कम्पनी रहेका छन् ।
कारोबारमा लगानीकर्ताको ध्यान जलविद्युत समूहको तर्फ निकै देखिएको छ ।

अरुण भ्यालि हाईड्रोपावर, मायन्टेन हाईड्रो, यूनाइटेड मोदी, यूनियन हाईड्रो, दिब्यश्वरी हाईड्रोका लगानीकर्ताले कमाउँदा गोर्खा फाइनान्स, तारागाँउ रिजेन्सी होटल, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी उन्नती कोषका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु