युनाइटेड इदी मर्दीको साधारण सेयर खुला, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरवी हाईड्रोपावरले आयोजना प्रभावित स्थानीयको लागि साधारण सेयर जारी गर्ने भएको छ ।

हाईड्रोले आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८,९का स्थानीयको लागि सेयर जारी गर्न लागेको हो । प्रति कित्ता एक सय रुपैयाँको दरले ४ लाख २० हजार कित्ता सेयर जारी गरेको छ ।

उक्त सेयरमा आज (असोज ७) गतेबाट २१ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त सेयरमा न्यूनतम १० देखि १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आवेदन दिनको लागि एनएमबी बैंकको कास्की शाखा, मेगा बैंकको साविकको गण्डकी बैंकको कास्कीका हेम्जा शाखा, प्राइम बैंक साविकको गण्डकी विकास बैंकको कास्कीको हेम्जा शाखा, पोखरा फाइनान्सको हेम्जा शाखा तथा धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु