समृद्धि फाइनान्सले २०० % हकप्रद सेयर जारी गर्ने



काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सले २.१ अनुपात अर्थात २ सय प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

फाइनान्सले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल १ कित्ता सेयर हुने लगानीकर्ताले २ कित्ता पाउने छन् ।

फाइनानसको १८ करोड १९ लाख ८० हजार ३ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीबाट नै दुई सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर जारी भएपछि फाइनान्सको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ बढी हुने छ ।

उक्त हकप्रदमा असोज १६ गतेबाट कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त सेयरमा भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको बुक क्लोज भदौ १२ गते भएको थियो । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ ।

उक्त सेयरमा आवेदन लिनको लागि सी–आस्वा सदस्यता पाएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन दिन पाइने छ । यस्तै आवेदन दिनको लागि बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखाबाट आवेदन सकिनेछ ।

यस्तै बैंक अफ काठमाण्डूको धनगढी, जनकपुर र सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड,विराटनगर, पोखरा शाखाबाट आवेदन दिन सकिने फाइनान्सले जनाएको छ ।


क्लिकमान्डु