सेयर बजारमा सामान्य करेक्सन, यूनाइटेड फाइनान्समा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बजार मापन गर्ने सूचक ६.१२ अंकले घटेर १५६९.०६ बिन्दुमा रोकिएको छ ।

१९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता सेयर २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ४.३२, होटल ३२.६१, निर्जीवन बीमा ५४.९८, जीवन बीमा समूहको ६७.८५ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । बैंकको २१ करोड ३८ लाख ८४ हजार ४५८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन् ।

यूनाइटेड फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेशनल हाईड्रोपावर, पञ्चकन्यामाइ हाईड्रोपावर, सिन्धु विकास बैंक, नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा लिबर्टी ईनर्जी, रैराङ हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, माउन्टेन हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु