गुराँस लाइफ इन्स्योरेन्सले ६ लाख कित्ता हकप्रद सेयर लिलामी गर्दै



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले करिब ६ लाख कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ ।

कम्पनीले संस्थापक र साधारण तर्फको अवितरित ५ लाख ९० हजार १४ कित्ता हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।

जसमा संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता रहेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

उक्त हकप्रद सेयरमा असोज १३ गतेदेखि १९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नपर्ने छ, भने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिनमा रहने गरी संस्थापकतर्फ अधिकतम ३ लाख ३७ हजार ५६५ कित्ता र सर्व साधारणतर्फ २ लाख ५२ हजार ४४९ कित्ता सेयर आवेदन दिन सक्नेछन् ।

साथै, बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं र यसका शाखाहरु एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 


क्लिकमान्डु