सेयर बजारमा सामान्य सुधार, जलविद्युत कम्पनीका लगानीकर्ताको ध्यान नाफा बुक तर्फ



काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा २ अर्ब ७४ करोड रुपेयाँको सेयर कारोबार भएको छ ।

बजार मापन गर्ने सूचक ३ अंकले बढेर १५७५.१८ बिन्दुमा रहेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१२ अंकले बढेर ३१३.६२ बिन्दुमा रोकिएको छ ।

१८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता सेयर २ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १९.४१ अंकले बढेको छ । यस्तै विकास बैंक २५.८८, वित्त समूहको उपसूचक २८.६६ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा ७०.११, जीवन बीमा ५६.२६, माइक्रोफाइनान्स समूहको उपसूचक १३.८१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा रिलायन्स लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १९ करोड ४७ लाख ६४ हजार ५१६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंक रहेको छ ।

आँखुखोला हाईड्रोपावरको कारोबार १० प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, घलेम्दी हाईड्रो, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने हिमाल दोलखा हाईड्रोपावर, लिबर्टी ईनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

हिमाल उर्जा विकास कम्पनी, पाँचथर पावर कम्पनी, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कारोबारमा जलविद्युत समूहका कम्पनीको ध्याना नाफा बुक गर्न तर्फ देखिएको छ ।


क्लिकमान्डु