सिभिल बैंकलाई नेप्सेले यसकारण सोध्यो स्पष्टीकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिभिल बैंकलाई स्पष्टीकरण सोधेको छ ।

बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आएकोभ नदै त्यसको वास्तविकता के हो त्यसको जानकारी सोमबार ११ बजे अगाडि नै दिन निर्देशन दिएको छ ।

बैंकको विषयमा सञ्चारमा माध्यममा आएको समाचार धितोपत्र सूचीकरण विनियमावली,२०७५ को विनियम २२ को ‘च’ बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मुल्यमा असर पार्न सक्ने क्ुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको छ ।

उक्त व्यवस्था बमोजिम सो सम्बन्धी सूचना तथा जानकारी बैंकबाट प्राप्त नभएको भन्दै उक्त विषयमा कम्पनीको भनाइ के छ ? त्यसको जवाफा सोमबार बजार खुल्नुअघि नेप्सेमा आईपुग्नेगरी पठाउन निर्देशन दिएको छ ।


क्लिकमान्डु